देशभक्त जनगणतान्त्रिक मोर्चाको नवलपुरमा संगठन विस्तार अभियान

कमल कुँवर
नवलपरासी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले नवलपुरमा संगठन विस्तार अभियान शुरु गरेको छ ।
अभियानको पहिलो दिन गैडाकोटमा वडा कमिटि गठन गरिएको छ ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालको गैंडाकोटमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गैडाकाट नगर संयोजक कृष्ण सापकोटा अध्यक्षतामा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापा, आदर्श, आकाश, देजमो जिल्ला सदस्य लोकबहादुर क्षेत्री लगायतले शुभकामना राखेका थिए ।
सुशील रानाभाटको सञ्चालनमा कार्यक्रम भएको थियो । मोर्चाले भदौ ८ र ९ गते देवचुलीमा, १२ र १३ गते कावासोतीमा, १९ र २० गते मध्यविन्दुमा र २३ र २४ गते हुप्सेकोटमा अभियान चलाउने जनाएको छ ।


