ब्राउन सुगरसहित २ युवा पक्राउ

दाङ, भदौ ५ । प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित प्रहरीले दाङमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने घोराही उपमहानगरपालिका वडा नं. १८ घर घई वडा नं. १४ राप्ती टोलमा बस्दै आएका ३६ बर्षीय सुमन सिंह र सोही वडाको नयाँ बजार निवासी २८ बर्षीय विजय बुढा रहेका छन् ।

कोठा भाडामा बस्दै आएका सिंहले लागु औषधको अवैध कारोवारो गरेको भन्ने सूचनाको आधारमा छापा मारेपछि ३ ग्राम १०३ मिलिग्राम ब्राउन सुगर र ब्राउन सुगर विक्रि गरेको ७ हजार ६ सय ५० रुपैंइा बरामद भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
टिभीको रिमोट भित्र लुकाएर राखेको अवस्थामा ४४ पुरिया र भिक्सको डिब्बाको पिधमा लुकाएर राखेको १९ पुरिया ब्राउन सुगर बरामद भएको प्रहरी प्रबक्ता शाहले बताए ।
दुबै जनालाई भदौ ३ गते दिउँसो प्रक्राउ गरिएको तथा उनीहरु विरुद्ध आगु औषध ऐन सम्बन्धि कसुरमा मुद्दा चलाइएको प्रहरीले बताएको छ ।