अभिभावकलाई नै विद्यालयको अध्यक्ष छान्ने अधिकार दिन लगायतका पेशागत संगठनका ७ बुदे माग राख्दै शिक्षक संघले बुझायो कावासोती नगरपालिकालाई ज्ञापन पत्र

231








रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाले ल्याएको नगर शिक्षा कार्यविधिमा भएका केही बुँदाहरु संशोधन गर्न माग गर्दै नेपाल शिक्षक संघ नगर कार्यसमिति कावासोतीले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल शिक्षक संघ नगर कार्यसमिति कावासोतीका अध्यक्ष गोपाल ज्ञवालीको नेतृत्वमा गएको टोलीले नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा विद्यालय व्यवस्थापन समिति दफा २९ मा रहेको विद्यालय व्यवस्थापन समितिको गठन सम्बन्धमा दफा २९ (१) मा नगरपालिकाले छानेको व्यक्ति अध्यक्ष हुने व्यवस्था भएको र शिक्षा ऐन २०२८ को दफा १२ (२ क) विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले आफूहरु मध्यबाट सदस्य छान्न पाउने व्यवस्था रहेकोले सोही अनुसार निरन्तरता दिनु पर्नेमा जोड दिएको छ । यसो गर्दा संघीय कानुनको पालना हुने, विद्यालयमा सदस्यहरुको अपनन्त्व कायम रहने र सामुहिक सहकार्यको भावना कायम रहने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी सात बुदे ज्ञापन पत्रमा शिक्षा ऐन २०२८ अनुसार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गर्न सक्ने व्यवस्था राख्न माग गरेको छ ।
नगरपालिकाले अहिले नगर शिक्षा कार्यविधिमा विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा अधिकृतले स्थायी शिक्षक मध्ये ३ जनाको नाम सिफारिस गर्ने, नगर शिक्षा समितिले नियुक्ति गर्ने र प्रमुख प्रशासकीय अधिकृतले नियुक्ति दिने व्यवस्था गरेको छ ।
त्यस्तै नगर शिक्षा आयोगमा नेपाल शिक्षक महासंघको प्रतिनिधित्व नभएकोले पेशागत प्रतिनिधित्व सुनिश्चित नभएकोले सुनिश्चत गर्न माग गरेको छ ।






You might also like
Loading...