नवलपरासीको प्रतापपुरमा युवतीलाई जबरजस्ती गरी फरार पक्राउ


संजय तिवारी
नवलपरासी । नवलपरासी प्रहरीले शुक्रबार जबरजस्ती करणी गरी फरार एक जनालाई पक्राउ गरेको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकामा २२ बर्षीय युवतीलाई ६ महिना अघि जबरजस्ती करणी गरी फरार भएका नवलपरासीको प्रतापपुर १ का अशोक केवटलाई पक्राउ गरेको हो ।



इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले केवटलाई उनकै घर नजिकैबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका केवटलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि लगिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...