विप्लव नवलपरासीको जनसरकार प्रमुख पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला जनसरकार प्रमुखलाई पक्राउ गरेको छ ।
नवलपरासीको सुनवल नगरपालिका १३ बडेरा निवासी ७१ बर्षीय प्रेमप्रसाद ढकाल पृथ्वीलाई प्रहरीले उनको घर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।

नेकपाका जिल्ला सदस्य एवम् नवलपरासी जिल्ला जनसरकार प्रमुख ढकाललाई गत चैत्र ३० गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा सरावल १ तुलसीपुरमा ना ५ ख ७७४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा आगो लगाइ संगठित अपराध गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।