थारु पत्रकार संघ नवलपरासीमा रेनुका चौधरी

199








बर्दघाट । थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको आयोजनामा प्रथम जिल्ला अधिवेशन शनिबार बर्दघाट ४ बर्दघाटमा भएको छ ।
अधिवेशनले अगामी ३ वर्षका लागि पुन रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष अमृता चौधरी, सचिव सन्ध्या महतो, सहसचिव डोल कुमारी चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा शान्ति चौधरी, रचना चौधरी, आकास चौधरी, ईन्द्र कुमार चौधरी, नन्दु कवर, भेषनारायण चौधरी सर्वसम्मत चयन भएका छन् ।


संघका जिल्ला कोषाध्यक्ष प्रतिमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सन्ध्या महतोले गरेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै थारु पत्रकार संघका केन्द्रिय सदस्य कमल चौधरीले बोल्दै थारुहरुको कला भाषा, सांस्कृतिहरु लोप हुदै जादा एउटा पत्रकारले नै सत्य तथ्य सामाचार सम्प्रेसण गरि आफु सजक भई अरुलाई पनि सचेत गर्दै जाने हुदा थारु भष, कला र सस्कृतीलाई बचाई राख्न थारु पत्रकारको अहम भुमिका रहेको बताए ।
कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरीले थारु पत्रकार संघले थारुको गतिविधि मात्र नभई आदिवासी जनजातिका आन्दोलनलाई समेत माथि उठाउने गरी गतिविधि लेख्न पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा थारु कल्याणकारी सभाका जिल्ला सचिव पशुपति चौधरी, थाकसका जिल्ला कोषाध्यक्ष डोल कुमारी चौधरी, बर्दघाट नगरपालिका वडा नम्बर १० का समाजसेवि मथुरा प्रसाद थारु, पत्रकार नन्दु कवर लगायतले मन्तव्य राखेका थिए ।






You might also like
Loading...