विप्वलका नवलपुर जिल्ला सेक्रेटरी पक्राउ




नवलपरासी । नवलपरासी प्रहरीले विप्वल नेकपाको जिल्ला सेक्रेटरी विरबहादुर थापालाई पक्राउ गरेको छ ।
प्रहरीले उनलाई चितवन र नवलपरासीको सिमाना नारायणी पुलबाट पक्राउ गरेको जनाएको छ ।


पक्राउ परेका उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । यस अघि उनकै घरबाट विरबहादुर थापा भनेर उनका छोरालाई पक्राउ गरेको थियो ।
थापा माओवादी जनयुद्धदेखि माओवादीका सक्रिय कार्यकर्ता हुन् ।



सम्बन्धित
Loading...