रवि बचाउ आन्दोलनको नाममा प्रचण्ड विरोधी नारा (भिडियो सहित)

274








कावासोती । रवि लामिछानेको बचाउका लागि भनेर कावासोतीमा शनिबार स्वतन्त्र नागरिक समुहको नाममा निकालिएको र्यालीमा प्रचण्ड विरोधी नाराबाजी भएपछि त्यसको व्यापक आलोचना भएको छ ।
ठूलो संख्यामा निस्केको र्याली कावासोतीको फलफूलचोक हुँदै थकालीचाेक पुगेर पुन फलफूल चोकमा आएर कोण सभामा परिणत भएको थियो । र्याली केही समय भद्र ढंगले अगाडि बढेको भए पनि अन्त्य तिर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गरिएको थियो । (भिडियो तल लिंकमा छ ।)




कारवाही गर्न माग

कावासोतीमा शनिबार निकालिएको र्यालीमा प्रचण्ड विरुद्ध नाराबाजी गरिएको विरुद्ध कारवाहीको माग गर्दै नेकपाका भातृ संगठनले विज्ञप्ति जारी गरेको छ ।
अखिल क्रान्तिकारी नवलपुरका संयोजक ईश्वर गैरे र अनेरास्ववियु नवलपुरका संयोजक ठाकुर पराजुलीले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी कावासोतीमा प्रचण्ड र प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरेका हुन् ।



You might also like
Loading...