अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि

129








चितवन, भदौं ८–

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आज चितवन जिल्ला अदालतमा बयान लिइएको छ ।




सरकारी वकीलको कार्यालयले आज आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो । सो क्रममा आज पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले  जानकारी दिए । उनले आज समय अभावका कारण बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलको भोलि विहान १० बजेबाट बयान लिइने जानकारी दिए । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । नारायणी अनलाइनबाट



You might also like
Loading...