सुनवलमा अस्पताल निर्माण स्थलको विषयलाई लिएर चर्को विवाद


गोपी ज्ञवाली
नवलपरासी, ९ भदौ । सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि पन्द्रह शैयाको अस्पताल बन्ने भनि स्वास्थ्य मन्त्रालयबाट निर्देशन आए पछि सुनवल नगरपालिकाले सो स्वाश्थ्य चौकीलाई सुनवलको वार्ड नम्बर पाँच बनकटटीमा ल्याउने निणय गरे पछि अस्पताल कहाँ बनाउने भन्ने विषय स्थानिय रुपमा विवादमा परेको छ ।
सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि १५ सैयाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मंत्रालयले विनियोजित गरेको रकम सुनवलका जनप्रतिनिधीहरुले स्थानिय जनताको कुनै सरोकार नगरि सो बजट सुनवल वार्ड नम्बर ३ र ५ को विचमा पर्ने मिनी बनकटटीमा स्थापना गर्ने निर्णणय गरे पछि सुनवल वार्ड नम्बर ७ र ८ का जनता जनप्रतिनिधीको विरोधमा उत्रिएको सुनवल ७ ज्यामिरेका स्थानीयबासी नारायण आचार्यले बताए ।




सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि १५ सैयाको प्राथमिक अस्पताल बनाउनका लागि आगामी बुधवार अस्पतालको सिलान्यासका लागि संधिय सरकरकास्थाश्थ्य तथा जनसंख्या राज्य मन्त्रि डा.सुरेन्द्र यादव सुनवल आउने निश्चित भए पछि मिनी बनकटटीमा लगेर अस्पताल निर्माण स्थाल लेखेको बोर्ड आईतवार नगरपालिकाले टाँगे पछि अस्पताल निर्माणमा रहेको विवाद सतहमा आएको हो ।
सुनवल नगरपालिकाका प्रमुख एवं उपप्रमुखले जनताको हित विपरित काम गरेको भन्दैगत बैशाखमा चौथो नगरसभा चलेको स्थानमा जनताले घण्टौ सम्म जनप्रतिनिधीहरुलाई धेरा हालेर थुनेका थिए ।
सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि १५ सैयाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मंत्रालयले विनियोजित गरेको रकम सुनवलका जनप्रतिनिधीहरुले स्थानियजनताको कुनै सरोकार नगरि सो बजट सुनवल वार्ड नम्बर ३ र ५ को विचमा पर्ने मिनी बनकटटीमा स्थापना गर्ने निर्णणय गरे पछि सुनवल वार्ड नम्बर ७ र ८ का जनताहरु विरोधमा उत्रिएको सुनवल ७ज्यामिरेका स्थानियबासी नारायण आचार्यले बताए ।
सुनवल वार्ड नम्बर ८ मा रहेको सुनवल स्वाश्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष एवं जनप्रतिनिधी निलकण्ठगैरे लगाएत अन्य स्थानीयलाई थाहा नै नदिई नगर प्रमुखले स्वाश्थ्य मन्त्रालयले पठाएको पत्र समेत नगरपालिकामा ल्याएर सुनवल ७ र ८ का जनताहरुको हित विपरित स्वास्थ्य चौकी अन्यत्र लैजान थालेको भन्दै सुनवल ७का वडा अध्यक्ष बसन्तराज दहालले बताए । प्रमख र उपप्रमुखको नितान्त ब्याक्तिगत स्वार्थमा आधारित रहेर अस्तपतालको बजट नआउदै धोखापुर्ण गरिकाबाट प्रमुखले नगर बैठकको एजेन्डामा राखी पास गराएको अध्यक्ष दहालले बताए ।
अस्पताल पुरानै स्थानमा बन्न् पर्ने भन्द्र सुनवल ८ निवासी दुई जना क्याक्तिहरुले उच्च अदालत बुटवलमा नगरपालिकाको निर्णंय विपरित मुददा समेत हालेका छन । अहिले सम्मका सबै घटना र प्रकृयालाई हेर्दा सुनवलको पन्द्रह शैयाको अस्पताल निर्माण चर्को विवादमा परेको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले बताए ।



सम्बन्धित
Loading...