क्रान्तिकारी युवा लिग कावासोतीमा थापा

173








कावासोती । नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगको मंगलबार कावासोतीमा भएको भेलाले समर थापाको अध्यक्षतामा नगर कमिटि गठन गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको जिल्ला व्यापी संगठन विस्तार अभियान अन्तरगत भेला गरिएको हो । भेलाले अजय गुरुङ, निरज थापा, आरएन परियार, कर्णबहादुर महतो, प्रताप राई, अर्जुन महतो लगायतलाई चयन गरेको छ ।


भेलामा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, देजमो नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, क्रान्तिकारी माओवादीका प्रदेश सदस्य भीम पौडेल, जिल्ला सचिवालय सदस्य श्याम कुमाल, क्रान्तिकारी युवा लिग नवलपुरका अध्यक्ष खड्कबहादुर बाह्र घरे, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष गीता पाण्डे, क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका सचिव शोभा जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।






You might also like
Loading...