बर्दघाटमा आमा समूहको दरखाने कार्यक्रम
नवलपरासी । पश्चिम नवलपरासीमा प्यार्टिप्यालेश र महंगा होटेलहरु बढ्दो क्रममा रहेतापनि नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसर पारि जिल्लाका आमा समुहहरुले मर्यादित रुपले दर खाने कार्यक्रम गरिरहेका छन ।
जिल्लाको बर्दघाट, सुनवल र रामग्राम नगरपालिका लगाएत क्षेत्रहरुमा ठुल ठुला पार्टी प्यालेश र सेमिनार हुदा हुदै यस क्षेत्रका आमा समुहहरुले भने प्रकृतीकै मनोरम वातावरणमा दर खाने कार्यक्रमहरु गरिरहेका छन ।
यसैबीच, नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसर पारि जागृती आमा समुह बर्दघाट २ चिसापानीको आयोजनामा तीज शुभकामना, दर खाने कार्यक्रम एवं तीज गित कार्यक्रम मंगलबार बर्दघाट २ चिसापानी ब्लक नम्बर ४ को खेल मैदानमा भएको छ ।

समुहकी अध्यक्ष गीता थापा क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा सविंधान सभा सदस्य सिन्धु जलेशा बुढाथोकीले अहिले समाजमा चार्ड बार्डको नाममा विकृती बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै हाम्रा सन्ततीहरुलाई नेपाली मौलिकपन सिकाई राख्न परापुर्वकालदेखी चल्दै आएका रितिरिवाजलाई सरक्षण गर्नुपर्ने बताए ।
उनले टोल समाजाम गठन भएका संघ सस्था, क्लब, आमा समुहहरु लगायतले नेपाली मौलिकता झल्किने खालका कार्यक्रमहरु ग्रि सस्कृती सरक्षणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा समुहका सम्पुर्ण सदस्य, टोल छिमेकका आमा, दिदि, बहिनीहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाली मौलिकता झल्किने खालका तीज गीत प्रस्तुत गर्नुका साथै कुनै तडक भडक नगरि मर्यादित ढंगले समुहका सदस्यहरुद्वारा खाना तयार गरि दर खानुका साथै समुहको पोशाकमा उपस्थित रहेका थिए ।

कार्यक्रममा अन्य क्षेत्रमा तडक भडकका साथ चार्डबार्ड मनाइरहदा यस समुहले त्यस्तो कुनै गतिविधि नगरि समाजमा रहेका हरेक दलित, गरिब, पिछडा वर्ग सबैलाई समेटी सामुहिक भावनाका साथ खुशियाली साटासाट गर्न र शुभकामना आदान प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको समुहकी अध्यक्ष गिता थापा क्षेत्रीले बताए ।
त्यस्तै, हरितालिका तिजको अबसरमा नव जागृती महिला समुह बर्दघाट १२ बढकी भटौलियाले दरखाने कार्यक्रम गरेको छ ।
समुहकी अध्यक्ष अम्बिका सुवेदीको अध्यक्षता तथा सम्बिधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै परम्परागत रुपमा तिज पर्व दुख पोख्ने चार्डको रुपमा पिडा वेदना अभिब्यक्रि गर्नै चार्डको रुपमा विकशित भएको बताए ।
परिवर्तित समयसंगै नेपाली धर्म बिदेशी धर्म संसकृतिले क्षेप्यास्त्र प्रहार गरेको बताउदै धार्मिक मौलिकता हराउदै गएको उनले बताए ।
त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौड्यलले तिजमा हुने गरेका भट्किलो पनलाई छाडेर संन्देशमुलक र परम्परागत तिजको रुपमा लिनको लागि अनुरोध गरे ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २ की बडा अध्यक्ष दया दर्लामी मगर, अतिथिको रुपमा वडा नं. १२ का वडा सदस्य गिता विक, प्रतिमा चौधरी, वडा नं. ३ का वडा सदस्य दिपा सारु मगर लगायतको उपस्थिती रहेको थियो ।