अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छः अध्यक्ष गजुरेल

173








नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक माफिया, दलाल बिरुद्धमा सडक बाघ भएर क्रान्तिकारी विद्यार्थी संगठन प्रस्तुत हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी अध्यक्ष गजुरेलले सडक बाग अर्थात शैक्षिक क्षेत्रमा गलतका बिरुद्ध जुनसुकै बेलामा पनि आक्र्रमण गर्ने बताउनुभयो । अध्यक्ष गजुरेलले चारैतिर शिक्षा र स्वास्थ्यमा विकृती बढ्दै गएपछि क्रान्तिकारी चुप लागेर बस्न नसक्ने बताए ।


अध्यक्ष गजुरेलले हरेक नागरिकलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क सर्वसुलभ तथा गुणस्तरिय दिनुपर्ने भएपनि त्यो सुविधाबाट नागरिक बञ्चित भएको टिप्पणी गरे । सुदूरपश्चिम, त्रिभुवन विश्वविद्यालय सहितका विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तीको विषयमा आफन्तवाद र दलियवाद हावि भएकाले त्यसको समेत अन्त्यका लागि क्रान्तिकारीले संघर्ष गर्ने चेतावनी दिए ।
‘शिक्षा र स्वास्थ्य दलाल र माफियाको कब्जामा छ, ‘उनले भने, ‘अहिले पैशा कमाउन मात्रै यो क्षेत्रमा लगानी बढेको छ ।’ क्रान्तिकारीले विगतदेखि नै निःशुल्क शिक्षा वैज्ञानिकरणमा जोडदिदै आएको बताए ।
यसैविच अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुनः राम बहादुर महरालाई चयन गरेको छ । सदस्यमा केशव साउद, टेकेन्द्र साउद, पुष्कर जोशी, प्रकास जोशी, रोशन रेग्मी र प्रेम बोहरालाई चयन गरेको छ ।
अखिल क्रान्तिकारी सुपका संयोजक राम महराले शिक्षा, स्वास्थ्य लगायतका जनजिविकाका विषयमा क्रान्तिकारी शसक्त भएर लाग्ने घोषणा गरे । जिल्ला सम्मेलन सहितका शैक्षिक सुधारका कार्यक्रम संचालन गरिने बताए । संयोजक महराले शिक्षा क्षेत्रमा व्यापक निजीकरण, व्यापारिकण बढेको चिन्ता व्यक्त गरे ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले शैक्षिक विकृती, बिङगति र वैज्ञानिक शैक्षिक सुधारको अभियानमा अन्य विद्यार्थी संगठनलाई समेत साथ दिन आब्हान गरेको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले संचालन गरेको कार्यक्रममा नेकपा क्रान्तिकारीका नेता कार्यकर्ता एव विद्यार्थीको सहभागिता रहेको थियो ।






You might also like
Loading...