अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


अर्घाखाँची, १२ भदौ २०७६। जिल्लाको पाणिनी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। पाणिनी गाउँपालिका-२, लामडाँडामा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा स्याङ्जाको कृष्णगण्डकी गाउँपालिका–७ का ४३ वर्षीय रेशमबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।



दुर्घटनामा परी कास्कीको लेखनाथ उपमहानगरपालिका–१७ का ३० वर्षीय ठगबहादुर सेन घाइते भएको जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए।




पाल्पाको बाटो हुँदै अर्घाखाँची आउँदै गरेको ग१४प८१७४ नम्बरको मोटरसाइकल चिप्लिएर बाटोमुनि पुगेको थियो। घाइते दुवै जनालाई उपचारका लागि पाल्पा मिसन अस्पताल लगिएकोमा पछाडि बसेका भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक ठगबहादुर सेनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...