लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

198








पर्सा  जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो ।




पर्साबाट भारततर्फ लैजाँदै गरेको चार किलो गाँजासहित तारादेवीलाई र वीरगञ्जको रजतजयन्ती चोकबाट एक हजार २०० थान सुइजन्य लागुऔषधसहित कानु तथा पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।



You might also like
Loading...