यौनवर्धक औषधि भियाग्राको असर धेरै भयो भने ‘के गर्ने र ?


पछिल्लने समय मानिसहरुमा यौन शक्ति बढकाउनको लागी बिभिन्न खालको औषधीहरु समेत खाने गरेको पाईएको छ । मानिसहरु बिना चिकित्सकोे सल्लाह बीना नै भियाग्रा औषधीहरु खाने गर्दछन् । तर खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन भियाग्रा खाने गरेको हुन्छ । त्तीमात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग लपारवाही रुपमा गर्दे आएको भेटिन्छ । यस्तो कीसीमको लापार वाही तरिकाले यौन शक्ति बढाउने औषाधीले स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाई छ ।



कस्ता ब्यक्तिको लागी भियाग्राको प्रयोग ?
भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।

कस्तो समस्या आउँछ ?
यसले डर लाग्दो समस्या ल्याउनसक्छ । यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ ।




कसले प्रयोग नगर्ने ?
अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन । त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर९उच्च रक्तचाप०, सुगर ९चिनी रोग० भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो ।

भियाग्राले के गर्छ ?
धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने लिंग उत्तेजना बढाइदिन्छ ।

यसको प्रयोग कहिले र कसरी गर्ने ?
भियाग्राको प्रयोग खाना खाएपछि या नखाईकन पनि गर्न सकिन्छ । यदि आफ्नो पेट भरिने गरी खाना खाएको छ भने यसको असर देखिन केही समय लाग्छ । यौन क्रिया गर्नु एक घण्टा अघि भियाग्रा लिनु उचित हुन्छ भने अंगुर या अंगुरको जुससँग भियाग्रा कहिल्यै प्रयोग गर्नुहुँदैन किनकि यसरी लिँदा यसको असर एकदमै कम हुन्छ ।

असर धेरै भयो भने ‘के गर्ने ?
यदि भियाग्राको असर धेरै नै भयो भने डाक्टरको सल्लाह लिनुपर्छ । बेलायतमा केही पुरुषहरुले यसको धेरै असर हुँदा डाक्टरसँग सल्लाह लिने गरेका छन् । यसको प्रयोगपछि उनीहरुको लिंग उत्तेजना चार घण्टासम्म हुँदा उनीहरुलाई समस्या भएको थियो । तर यस्तो समस्या सबैलाई हुन्छ भन्ने हुँदैन । यदि यस्तो भएमा भने डाक्टरलाई तुरुन्त सम्पर्क गरिहाल्नुपर्छ ।एजेन्सी ।



सम्बन्धित
Loading...