विराटनगरमा सटर फोरेर लाखौँ चोर्ने गिरोहका ७ जना पक्राउ

113








विराटनगरमा सटर फोरेर लाखौँ चोर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन्। उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर लाखौं रुपैयाँ चोरी गरेको जनाएको छ। अभियुक्तहरुले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए।




यसैगरी सोही समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख चोरी गरेका थिए। अभियुक्तहरुले भदौ ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फुटाई ४ लाख ९५ हजार र भदौ १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फुटाएरै ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ। पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोहि ठाउँ वडा नम्बर १ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन्।

यसैगरी गौर नगरपालिका वडानम्बर ३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोहि ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका वडानम्बर ४ बस्ने ५२ वर्षीय सेख मोहम्मद सलिफ र सोही ठाउँका ४६ वर्षीय सेख अलि असगर छन्।



You might also like
Loading...