लुम्बिनी कलेज कावासोतीमा दर खाने कार्यक्रम

332








कमला राना मगर
कावासोती । नवलपुरको कावासोती वडा नम्बर ८ मा रहेको लुम्बिनी आदर्श डिग्री कलेज कावासोतीमा कक्षा ११ लाइ स्वागत तथा हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम भएको छ ।
कक्षा १२ को आयोजनामा भएको कार्यक्रममा कार्यक्रम सयोजक आशिष पन्थीको अध्यक्षता तथा कलेज प्रमुख बाबुराम राना मगर प्रमुख अतिथी रहेका थिए ।


कार्यक्रममा कलेज व्यवस्थापन समिती सदस्य कपिलदेव भुषाल, प्लस टु इन्चार्ज विपिन रिजाल कक्षा ११ की छात्रा कविता राना मगर, छात्र अमित गुरुङ्ग र छात्रा यशोदा राना मगरले मन्तव्य व्यतm गरेका थिए ।
कार्यक्रममा छात्र छात्राहरुले अनुशासन र मेहनतले मात्र असल शिक्षा प्राप्त हुने बताउदै गुणस्तरीय शिक्षा लुम्बिनी प्रदान गर्न लुम्बिनी कलेज सक्षम रहेको भन्दै खुशि व्यतm गरेका थिए ।
कक्षा १२ की छात्रा जानकी पाठकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन मनिष गुरुङ्ग र स्नेहा न्यौपानेले गरेका थिए ।






You might also like
Loading...