नवलपुरका युद्धकालमा वेपत्ता २० जना अझै फेला परेन
शोभा जिसी
नवलपुर । पूर्वी नवलपरासीमा जनयुद्धमा वेपत्ता भएको अझै २० जनाको अत्तोपत्तो लाग्न सकेको छैन ।
आज शुक्रबार नेपाल रेडक्रस सोसाइटी नवलपुरले कावासोतीमा आयोजना गरेको मात्रै अझै २० जना वेपत्ता भएको तथ्यांक छ ।
अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसर पारेर कावासोतीमा वेपत्ताका परिवारसँग छलफल तथा सम्मान कार्यक्रम गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति मदनभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश सदस्य केशवप्रसाद सापकोटा, नवलपुरका शिक्षा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेल, ऋषि कंडेल, बद्री नेपाल लगायतले वेपत्ता पारिएकोहरुको खोजी कार्यमा जोड दिएका थिए ।