युनाइटेड गोल्डकपः शनिबारको खेलमा थुम्कीदेवी विजय

250








दिपेन्द्र रेग्मी
कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको शनिबारको खेलमा थुम्कीदेवी उत्थान केन्द्र विजयी भएको छ ।
नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा जारी प्रतियोगिताको पहिलो राउण्डको नवौँ दिनको खेलमा थुम्किदेवी उत्थान केन्द्र कोलिया र दुम्किबास फुटवल क्लव दुम्किबास बीचको खेल समय अवधिमा दुवै टिमवाट कुनैपनि गोल हुन नसकेपछि टाईवेकरमा धकेलिएको थियो ।


टाईवेकरमा २ का विरुद्ध ४ गोल गर्दै थुम्किदेवि उत्थान केन्द्र कोलिया विजयी भएको हो । यसैबीच आइतबारको खेल भैरव स्पोर्ट एकेडमी गोपीगञ्ज पहेँलो र चन्द्रमुखी क्लव अमलटारि बीच प्रतिस्पर्धा हुने आयोजक क्लवका कोषाध्यक्ष धन वहादुर तमुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्वित्तीय हुने टिमले नगद रु १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।






You might also like
Loading...