लागुऔषध सहित कपिलवस्तुमा एक युवक पक्राउ
रामअवतार चौधरी
कपिलवस्तु, १५ भाद्र । लागु पदार्थ सेवनको गुनासो आइरहेको बेला लागुऔषध सहित कपिलवस्तुमा एक युवक पक्राउ परेको छन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा खसी बजार स्थित उत्तर तर्फ रहेको खाने पानी ट्याङकी तथा आँपको बगैचाबाट राजमार्ग तर्फ (उत्तर बाट दक्षिण तर्फ) आउँदै गरेको शिवराज नगरपालिका–५ बस्ने २१ बर्षिय सिकन्धर अलिमियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अलिमियालाई प्रहरी टोलिले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा दाँया हातमा छोपी हिँडेको हरियो रङको प्लाष्टीक भित्र Codeine Phosphate Triprolidine लेखिएका एक सय मि.लि.को (सिल प्याक) प्याकिङ सहितको भरी सिसा ९ थान, निट्राजेपाम ट्याब्लेट ९० पिस र स्पासोम क्याप्सुल ५ पिस बरामद गरी उनलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मोतिलाल योञ्जन जानकारी दिए ।