आजबाट यतीको भरतपुर–पोखरा–भरतपुर उडान सुरु


आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालका अनुसार आज बिहान १०ः५० जहाज पोखराबाट भरतपुरको लागि र भरतपुरबाट ११ः३० बाट उडान भर्ने तालिका रहेको थियो।




३० सिट क्षमताको उक्त जेटस्ट्रिम जहाज हालका लागि एक उडान मात्र भर्ने ढकालले जानकारी दिए । एक उडानका लागि प्रति यात्रु २ हजार ५०० भाडादर कायम राखिएको छ । कम्पनीको सेवा विस्तार, भ्रमण वर्ष २०२० लक्षित गर्दै दुई पर्यटकीय स्थल जोड्न उडान सुरु गरिएको हो । यसअघि बुद्ध एयरको जहाजले एउटा उडान भर्दै आएको थियो ।







सम्बन्धित
Loading...