तीजमा राष्ट्रपतिको अपिल : सदाचार जीवनशैली अपनाऔं

325








राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना दिएकी छन् ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् ।




सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन् ।

सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको भनाइ छ ।

तीज मनाउने शैलीमा सकारात्मक सुधारको खाँचो : उपराष्ट्रपति

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले तीजको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदी-बहिनीहरुलाई शुभकामना दिँदै आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन् । उनले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचोसमेत औँल्याएका छन् ।



You might also like
Loading...