नवलपरासीमा पानीमा डुबी मृत्यु


रामकुमार श्रेष्ठ



नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ मा रहेको तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ ।


तिरुवा खोलामा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएका सरावल गाउँपालिका ४ का २० बर्षीय शैलेन्द्र यादवको शव सोमबार विहान तुरिया खोलामा मृत अवस्थामा फेला परेको छ ।
उनको शव सरावल ४ हात्तीवन स्थित तुरिया खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी विरेन्द्र थापाले बताए ।



सम्बन्धित
Loading...