सिमा सुरक्षामा कडाई, सशस्त्र प्रहरीद्वारा ३३ हजार बराबरको कुखुरा नष्ट
सहबान अन्सारी
नवलपरासीको गुठी परसौनीमा शसस्त्र प्रहरी द्वारा ३३ हजार बराबरको कुखुरा बरामद गरी नष्ट गरिएको छ ।
शसस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा नं ५ बनकट्टीबाट बरामद गरेको थियो ।

साथै टाेलिलाई देखि पछि तस्कर भारतीय मोटरसाईल प्रयोग गरेको छोडेर फरार भएको अधिकारीले जानकारी दिनुभएको छ ।
बरामद गरिएको ब्राेइलर कुखुरालाई पशु क्वाराईटाईन,स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको शसस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ ।