दसैंको बुकिङ खोल्न भाडा वृद्धिको बार्गेनिङ


काठमाडौं : यातायात व्यवसायीले भाडा वृद्धिको बार्गेनिङ गर्दै दसैंको बुकिङ खोल्न ढिलाइ गरेका छन्। दसैंभन्दा एक महिनाअघि बुकिङ खोल्नुपर्नेमा व्यवसायीले भाडा बढेपछि मात्र बुकिङ खोल्ने भन्दै ढिलाइ गर्दै आएका छन्। यातायात व्यवसायीले दबाब बढाउँदै लगेपछि सरकार पनि भाडा वृद्धिको मागमा लचक देखिएको छ। यातायात व्यवस्था विभागले भने बुकिङ खुलाउन व्यवसायीसँग छलफल भइरहेको भन्दै कहिलेबाट बुकिङ खोल्ने भन्ने यकिन नभएको बताएको छ।



उपत्यकाबाट दसैं मनाउन लाखौंको संख्यामा सर्वसाधारण गृह जिल्ला फर्किन्छन्। यात्रु बोक्न छोटो तथा लामो दूरीमा सरकारसँग यातायात साधन छैन। सबैभन्दा बढी यात्रुको चापपर्ने समयमा भाडा बढाएर यातायात व्यवसायीले फाइदा उठाउँदै आएका छन्। भाडा वृद्धिको निर्णय भए सर्वसाधरणले दसैंको मुखमा महँगीको मार खेप्नुपर्नेछ। व्यवसायीकै दबाबमा गत वर्ष पनि सरकारले असोज ६ गते भाडा वृद्धि गरेको थियो।



सम्बन्धित
Loading...