बुवाआमाले गाली गरेको भन्दै वीरगञ्जमा किशोरद्वारा झुण्डिएर आत्महत्या


पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।



वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।




गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।



सम्बन्धित
Loading...