नवलपरासीका सामुदायिक वनमा सामुदायिक वनमा जडीबुटी खेती फस्टाउँदो

278








गोपी ज्ञवाली
नवलपरासी, १७ भदौ १७ । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिकबनहरु अहिले जडिबुटी खेती तर्फ आकर्षीत हुदै गएका छन ।
पश्चिम नवलपरासीको बर्दघाट स्थित चसापानी सामुदायिक बन, सुनवल स्थित जनउदय सामुदायिक बन, विशासय सामुदायिक बन, बडेरा सामुदायिक बन लगाएतका बन उपभोक्ता समितीहरुले बन संरक्षणका साथै खाली रहेकाबनक्षेत्रमा पछिल्ला केही वर्ष देखी विभिन्न प्रकारका जडिबुटी खेती गर्दै आएका छन ।
पछिल्लो लामो समय देखी यस क्षेत्रका सामुदायिक बनहरुले बनको संरक्षणमा उल्लेखनिय काम गरिरहेको अवश्थामा पश्चिम नवलपरासीका सामुदायिक बनहरुले समुदायको अग्रसरतामाजिल्लका विभिन्न स्थानमा जडिबुटीहरुको बृक्षा रोपण, बन क्षेत्रमा उम्रीएका विरुवाहरुको संरक्षण गदैै जडिबुटीबाट विभिन्न प्रकारका उत्पादनहरु समेत गरेको पश्चििम नवलपरासीका सबडिविवजन बन कार्यालय सुनवलका सहायक बन अधिकृत रविन्द्र जीसीले बताउनु भयो ।
पश्चिम नवलपरासीको सबै भन्दा पुरानो र ब्यावस्थित सामुदायिक बन समितीको परिचय बनाउ सफल वर्दघाट स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समितीले अहिले १० हेक्टेयर भन्दा बडि क्षेत्रफलमा लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा लगाएतका जडिबुटीहरुको खेती पछिल्लो ६ वर्ष देखी गर्दै आएको चिसापानी सामुदायिक बन उपभाक्ता समितीका सचिव अनिल गुरुङले बताउनु भयो । जडिबुटी खेतीमा पुरानो परिचय बनाएको चिसापानी सामुदायिक बन समितीलेलेमनग्रास, सिट्रोनेलाको प्रशोधन गरि सुगन्धित तेल समेत उत्पादन एवं विक्री वितरण समेत गर्दै आएको समितीका सचिव गुरुङले गोरखापत्रलाई बताउनु भयो ।


यसै गरि सुनवलको मुख्य भागमा रहेको जनउदय सामुदायिक बन उपभोक्ता समितीले पछिल्लो तीन वर्ष देखी समुदाय द्धारा संरक्षण गरिएको बन क्षेत्रमा अवला, कुरिलो, हरोर्, बर्रो, मेन्था, लेमनग्रास, जटमसी, लगाएतका करिब एक दर्जन जडीबुटीहरुको खेती गरिएको जनउदय सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष बल बहादुर थापाले बताउनु भएको छ । अध्यक्ष थापाका अनुसार समुदायिक बन समितीको पछिल्लो बैठकले सामुदायिक बन क्षेत्र जहां प्राकृतिक रुख विरुवाहरुको उपस्थिती कम वा पातलो रहेको स्थानहरुमा समेत जडिबुटीको ब्यावसायिक खेती गरिने गरि निर्णय गरिएको छ । यसरी जनयदय सामुदायिक बन उपभोक्ता समितीले अहिले करिब आठ विगाहा क्षेत्रफलमा जडिबुटीहरुको ब्यावसायिक खेती सुरु गरिएको बताईएको छ।
यसै गरिसुनवलक्षेत्रका मुलपानी सामुदायिकबनउपभोक्ता समिती, विशासयसामुदायिक बन उपभोक्ता समिती, बडेरा सामुदायिक बन उपभोक्ता समिती लगाएतका बन समितीहरुले पछिल्लो पाँच वर्ष देखी बनको संरक्षणसंगै बन क्षेत्रमाब्यावसायिक रुपमा सामुहिक रुपमा जडिबुटीको खेती गर्दै आएका छन । कतिपय बन क्षेत्रमा समुदायहरुको सक्रीयतामा बन क्षेत्रमा रहेका कुरिलो, धतुरो, मौवा, चिनी लहरा, भ्याकुर, पीपल, बेल, जामुन, घिउकुमारी लगाएतका जडिबुटी जन्य बनस्पतिको ब्यापकता साथ संरक्षण अधियान नै संचालन गर्दै आएको स्रोतले जनाएको छ ।
विशासय सामुदायिक बन उपभोक्ता समितीका सदस्यहरुले बन क्षेत्रमा बेलको संरक्षणका लागि एउटा उपसमिती नै गठन गरि पछिल्लो पाँच वर्ष देखी बेल जुस उद्योग संचालन गर्दै आएको विशासय सामुदायिक बन उपभोक्ता समितीका सचिव दिलिप चापागाईले बनाउनु भयो । बेल जुस उत्पादनमा समुदायका महिलाहरुको संलग्नताले बेलको जुस उद्योग नै संचालनगर्दै आउनु भएको छ । गर्मीको समयमा बेलाको जाम र जुसले खुम बजार पाउने गेरेको सचिव चापागाईले बताउनु भयो ।






You might also like
Loading...