नवलपुरमा एक वडा अध्यक्षका लागि निर्वाचन हुने

328








शाेभा जिसी, 
नवलपुर । पूर्वी नवलपरासीमा वडाअध्यक्षकाे लागि निर्वाचन हुने भएकाे छ ।
मंसिर ४ गते हुन लागेकाे उपनिर्वाचन अन्तरगत पूर्वी नवलपरासीकाे बुङ्गदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षका लागि निर्वाचन हुने भएकाे जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएकाे छ ।


बुङ्गदीकाली गाउँपालिका ५ का वडाअध्यक्ष दलबहादुर थरूमगरकाे हृदयघातका कारण निधन भएकाे थियाे ।
उनले नेकपा एमालेबाट उमेद्वारी दिएर निर्वाचनमा जितेका थिए ।
उनले ३८४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए।






You might also like
Loading...