बझाङमा चरेश सहित ४ जना प्रक्राउ

159








डीबी विष्ट




बझाङ, १७ भदाैं ।
झोलामा लुकाई छिपाई गाडि बाट धनगढि तर्फ लिदै गरेको अबस्थामा १२ केजि चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


सदुरपश्चिम यातायातको ना ८ ख १०७४ नम्वरको यात्रु बाहक बसमा लुकाएर लिदै गरेको अबस्थामा आईतवार चेकजाँचको क्रममा बिथ्थड प्रहरी चौकीले १२ केजि चरेश सहित सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ बर्षिया हरिबिर बोहरा र उनकी श्रीमति ४८ बर्षिया रनकला बोहरा सुर्मा गाँउपालिका १ कै ६० बर्षिया लछी बोहरा र गाडि मालिक समेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ बर्षिया काँसि ठगुन्ना रहेको लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गाडि चेक जाँच गने क्रममा ३ वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भै रहेको छ । अहिले ४ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।



You might also like
Loading...