युनाईटेड गोल्डकपः अरुणखोलालाई हराउँदै रामपुर चितवन विजयी


दिपेन्द्र रेग्मी,
कावासोती, १७ भदौ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा युनाईटेड युवा क्लवको आयोजनामा भएको युनाईटेड गोल्डकपको आजको खेलमा रड्स क्लव रामपुर चितवन विजयी भएको छ ।
युनाइटेड युवा क्लब अरुणखोला र रड्स क्लब रामपुर चितवनबीच भएको खेलमा चितवन २–० गोल अन्तरगले विजयी भएको हो ।





गिरुवारीमा रहेको सरस्वति सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा जारी प्रतियोगिताको भोलिको खेल योङ्ग स्टार क्लव कावासोती र सुनवल फुटवल क्लव सुनवल बी हुने आयोजक कोषाध्यक्ष धन वहादुर तमुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्वित्तीय हुने टिमले नगद रु १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा २६ टिमको सहभागिता रहेको छ ।




सम्बन्धित
Loading...