दोस्रो भिडियो कन्फरेन्स, प्रधानमन्त्रीद्धारा आवस्यक निर्देशन


१७ भदौ, काठमाण्डौं । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ ।




प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो तर यो मन्त्रिपरिषद्को औपचारिक बैठक भने होइन ।




प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्य्विधि नेपाल सरकारले यसअघि पारित गरेको थियो ।

यही भदौ ५ गते उपचारका लागि त्यसतर्फ जानुभएका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गाैलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निस्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको उहाँको सचिवालयले जनाएको छ ।

उनको त्यहाँस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने पुर्वनिर्धारित कार्यक्रम रहेको छ । रासस




सम्बन्धित
Loading...