वीरगन्जमा गोली चल्यो , दास घाईते

114








राजेन्द्र सिंह, वीरगन्ज १८ भदौ ।




वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित हिजो साँझ साल्ट ट्र्डिङ्ग अगाडी गोलि हानेर भाग्दै गर्दा एक जना अपराधीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोलि हानेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो । वीरगंजको साल्ट ट्रेडिङ्ग अगाडी गोलि हानेर भाग्दै गरेको अवस्थामा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिनुभयो ।

उहाले पक्राउ गरिएको अपराधीको साथबाट १७ राउन्ड गोलि सहित एक थान हतियार बरामद भएको बताउनु भयो ।वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने सन्तोष दासलाई गोलि हानी भाग्दै गर्दा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको माथी अवाश्यक कारवाही भइरहेको र घाइते दासलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राथोडले जानकारी दिनुभयो ।



You might also like
Loading...