पत्रकार हमाललाई निसर्त रिहाइको माग
भिम राना मगर
नवलपुर । कास्कीका पत्रकार जनसञ्चार अनलाइन पोखराका सम्पादक ओम हमालको विना सर्त रिहाइको माग गर्दै नवलपुरको नेपाल पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ नवलपुर शाखाको टोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
हमाललाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएको भए पनि उनलाई रिहा गरे लगतै प्रहरीले मंगलबार पुन पक्राउ गरेको थियो ।
उनको रिहाईको माग गर्दै बुधबार देशभरका पत्रकारहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।