युनाइटेड गोल्डकपः योङ्ग स्टार कावासोतीसँग सुनवल क्लव पराजित

177








दिपेन्द्र रेग्मी
कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा भएको युनाइटेड गोल्डकपको बुधबारको खेलमा योङ्ग स्टार क्लव कावासोती विजयी भएको छ ।
नवलपुरको हुप्सेकोट ३ गिरुवारिमा रहेको सरस्वति सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा भएको प्रतियोगितामा कावासोतीले सुनवल फुटवल क्लव सुनवल ११ लाई २–० गोल अन्तरले पराजित गरेको हो ।


यसैबीच विहीबारको खेल उदय युवा क्लव कुकुरमारा र नवज्योति क्लव हसौरा बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने, द्वित्तीय हुने टिमले नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
प्रतियोगितामा २६ टिमको सहभागिता रहेको क्लवका सचिव गोकुल सारुले वताए ।






You might also like
Loading...