विप्लवका छोरा प्रकाशको नेतृत्वमा चितवन मेडिकल कलेजमा आन्दोलन, प्रशासनमा ताला

264








चितवन, भदौ १८-

चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा बुधबार ताला लगाएका छन् ।सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा तालाबन्दी गरेको हो । अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने समितिले जनाएको छ ।




संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटकपटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।

सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।

संघर्ष समितिले देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियान अघि बढाएको जनाएको छ । सीएमसीमा अध्ययनरत एक विद्यार्थी प्रहरीले पक्राउ गरेपछि चितवन मेडिकल कलेजका विद्यार्थीहरु थप आन्दोलित बनेका छन् । चितवन प्रहरीले कोठामा बसिरहेको अवस्थामा सीएमसी बीडीएस चौथो वर्षका विद्यार्थी प्रविन लामा स्याङतानलाई पक्राउ गरेपछि मंगलबार विरोध ¥याली निकालिएको थियो ।

चिकित्सा शिक्षा संघर्ष समिति चितवनका स्याङतान पक्राउ गरेर आन्दोलन दबाउन खोजेको अर्का विद्यार्थी प्रविन लामा स्याङतानले आरोप लगाए । तर, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पछिल्लो समय विप्लव समूहको जिल्लामा गतिविधिहरु बढिरहेकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको बताए । पक्राउ परेका स्याङतानलाई प्रहरीले मंगलबार साँझ ६ बजे हिरासत मुक्त गरेका थियो ।

यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको बताए । उनले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको दाबी गरे । @narayanionline



You might also like
Loading...