विश्वकप छनोट : दोस्रो चरणको खेलमा आज नेपाल र कुवेत भिड्दै

274








विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ । कुवेत भने जित हात पार्ने रणनीतिमा छ ।




२०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले यही भदौ २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।



You might also like
Loading...