कुमारी गुठीकाे आयाेजनामा ईटाैरामा अर्गानिक खेती तालिम

315








कावासाेती । कुमारी निजी शैक्षिक गुठीको नियमित कार्यक्रम अन्तर्गत आजबाट मध्यबिन्दु नगरपालिका वडा नम्बर ३, इटाैरामा अर्गानिक खेती तालिम शुरू भएकाे छ ।

कुमारी निजी शैक्षिक गुठीको आयोजना र अग्यौली सामुदायिक स्रोत पुस्तकालय, डण्डाको सह आयोजनामा सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम शुरू भएकाे हाे।





गुठीका योजना तथा लेखा प्रमुख दिपक लाल श्रेष्ठले तालिमकाे उद्घाटन गरी तालिम शुरु गरिएको हाे ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दिपक लाल श्रेष्ठले कुमारी निजी शैक्षिक गुठीले तालिम सन्चालन गर्नुको कारण र गुठीका उद्देश्य एवम् अन्य कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी कार्यक्रमका सभापति एबम अग्यौली सामुदायिक स्रोत पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डे, मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अमर बहादुर महतोले तालिमको महत्व, आवश्यकता र कुमारी गुठीले समुदायमा पुर्याउदै आएको योग्दानका बारेमा प्रकाश पारेका थिए।
तालिमका प्रशिक्षक मित्र लाल श्रेष्ठले तालिममा समाबेश हुने बिषय र अर्गानिक तरकारी खेतिका फाईदाका बारेमा सहभागीहरुलाई जानकारी गराएक थिए। उक्त तालिममा मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का किसानहरुको उल्लेख्य सहभागीता रहेको छ ।
रासायनिक बिशादिको प्रयोगले मानब शरीर र पर्यावरणमा पुर्याउने नकारात्मक असरका बारेमा समुदायलाई सुसुचित गराउदै बिगत २ बर्ष देखी नवलपरासी जिल्लाको बिभिन्न ठाउँहरुमा अर्गानिक तरकारी खेती सम्बन्धी तालिम श्री कुमारी निजी शैक्षिक गुठीले नियमित रुपमा सन्चालन गर्दै आइ रहेको छ ।
गुठीले आफ्नो स्थापनाकाल देखी नै शिक्षा र स्वास्थ्य लगायत सामुदायिक बिकासका लागि नवलपरासी जिल्लामा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइ रहेको छ ।

 



You might also like
Loading...