थारु पत्रकार संघको केन्द्रीय अध्यक्षमा दहित

206








थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएका छन् ।

चितवनको सौराहास्थित होटल पार्क इनमा शनिबार राती अबेर सम्पन्न चौथो महाधिवेशनले दहितको अध्यक्षमा १५ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र कुश्मी र उन्नती चौधरी चयन भएका छन् । आइतबार विहान बसेको नयाँ समितिको पहिलो बैठकले सर्वसम्मत कार्यसमिति सदस्यमा चयन भएका कुश्मीलाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनित गरेको हो ।

यस्तै नयाँ समितिको महासचिवमा चितवनका सन्तकुमार चौधरी, सचिवमा कमल चौधरी र कोषाध्यक्षमा दुष्यान्त चौधरी चयन भएको निर्वाचन समितिका संयोजक लक्की चौधरीले जानकारी दिए । यस्तै समितिको सदस्यहरुमा हेमन्त चौधरी, दिप्ती शिखा चौधरी, श्रीराम दहित, मधुरानी चौधरी, रेन चौधरी, शम्भुप्रसाद थारु, राजु चौधरी, रामअवतार चौधरी र चन्द्रिका चौधरी रहेका छन् ।




नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचन समितिले आज पद तथा गोपनियताको सपथ खुवाएको छ ।



You might also like
Loading...