ट्राफिक सचेतनामुलक प्रशिक्षण सम्पन्न

180








परासी । समुदाय प्रहरी समझेदारी कार्यक्रम अन्तर्गत नवलपरासीको परासीमा सवारी चालक र सहचालकलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजना र प्याप्सन नवलपरासीको सहकार्यमा प्रशिक्षण प्रदान गरिएको हो ।
तालिममा राम्रग्राम, सरावल र पाल्हिनन्दन गाउपालिका अन्तर्गतका विद्यालयका चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिएको थियो ।
प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा र ट्राफिक प्रहरी पोष्ट परासी प्रहरी नायव निरक्षक दामोदार मल्लले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय परासीले जानकारी दिएको छ ।



You might also like
Loading...