नवलपरासीको सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार, बलात्कारको अभियोग ९ जना पक्राउ


रामकुमार श्रेष्ठ
नवलपरासी, २३ भाद्र । नवलपरासीको सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार प्रहरीले सामुहिक बलात्कारको घटनामा सम्लग्न ९ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले ति किशोरीलाई जबरजस्ती धम्काई उखुबारीमा लगेर बलात्कार गरेका थिए ।

प्रहरीले सामुहिक बलात्कार गर्ने नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ बर्षीय सुरेन्द्र यादव, २५ बर्षीय मनमोहन राजभर, २२ बर्षीय शिवराज राजभर, ३७ बर्षीय भिमलाल मुसहर, २२ बर्षीय संदीप यादव, २२ बर्षीय रज मुसहर, ४० बर्षीय नेत्र चौधरी, १९ बर्षीय पिन्टु राजभर र १९ बर्षीय अमरनाथ भिडहारलाई पक्राउ गरेको हो । उनहरुलाई लुकिछिपी भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धान भई रहेको जनाएको छ । पक्राउ परेकालाई जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको थापाले बताए ।







सम्बन्धित
Loading...