आजदेखि नियमित रुपमा पाइपबाटै इन्धन

132








नेपालकै पहिलो पेट्रोलियम पाइपलाइनबाट मंगलबारदेखि नियमित रुपमा इन्धन आउने भएको छ।

भारतको मोतीहारी–रक्सौलदेखि बाराको जितपुरसिमरा उपमहानगरस्थित अमलेखगञ्जमा नवनिर्मित पेट्रेलियम पाइपलाइनको नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मंगालबार उद्घाटन गरेसँगै इन्धन आपूर्ति नियमित हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादबले जानकारी दिए।




भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटरमध्ये नवनिर्मित मोतीहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाइपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत साउन ३ मा गरिएको परीक्षण सफल भएको थियो।



You might also like
Loading...