डेंगु नियन्त्रण गर्न कावासोतीमा टोल सरसफाई

200








पुर्बी नवलपरासीको कावासोती १ मा मंगलबार टोल सरसफाई गरिएको छ ।
पछिल्लो समयमा महामारिको रुपमा फैलिएको डेंगु रोगको रोकथाम र नियन्त्रणका लागी कावासोती नगरपालिकाले संचालन गरेको लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान अन्तर्गत टोल सरसफाई गरिएको हो ।

वडा अध्यक्ष नारायण प्रसाद पन्तको अगुवाईमा वडाको झरना चोक हुंदै लुम्बिनी चोक त्यस्तै झरनाचोक देखी हिमाल चोक र झरना चोक देखी छहारी चोकसम्मका बाटोहरु सफा गरिएको थियो ।
सफाइका क्रममा टोलबासी हरुलाई डेंगु रोग कसरी लाग्छ ,कसरी बच्ने भन्ने बारेमा संक्षिप्त जानकारी समेत दिइएको थियो । करिब सयजना टोलबासीहरु सहभागी सरसफाइ कार्यक्रममा वडा सदस्य माधब भण्डारी र सिर्जना बिश्वकर्माको पनि बिशेष सहभगिता रहेको थियो ।



You might also like
Loading...