सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प, स्थानीय ढुवानी व्यवसायी आन्दोलित


नवलपरासी । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् ।




उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु पर्ने, होङसी सिमेन्टबाट उत्पादन भएको सिमेन्ट तथा किंकलर ढुवानी गर्दा स्थानीय ट्रान्सपोर्टको गिल्टी काट्नु पर्ने, काठमाडौं, पोखरा लगायतका ढुवानी स्थानीयलाई दिनु पर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले मुलगेटमै ढुवानीका सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।



सम्बन्धित
Loading...