नवलपरासीको गैडाकोटमा महिला मृत अवस्थामा भेटिए, हत्याको आशंका


नवलपरासी, २५ भदौ । नवलपरासीको गैडाकोटमा एक जना महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।




उनको टाउकोबाट रगत आएकोले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
मृतकको शव अहिले घटना स्थलमै रहेको छ । प्रहरीलाई मंगलबार राति वडा अध्यक्षले खबर गरेर घर जाँदा खत्री मृत अवस्थामा भेटिएकी थिइन । वडाअध्यक्षलाई स्थानीयले खबर गरेका थिए । प्रहरीले कुकुर ल्याएर घटना स्थल अवलोकन गरेर मात्र शव उठाउने तयारी गरेको छ ।



सम्बन्धित
Loading...