बलात्कारको आरोपमा बैतडीमा इन्जिनियर  पक्राउ

272








बलात्कारको आरोपमा बैतडीमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई  पक्राउ गरेको छ। पक्राउ गर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर  २७ वर्षीय रोशन चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

स्थानीय १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमवार  किशोरीलाई ललाईफकाई डडेल्धुरा लगि जवरजस्तीकरणी गरेको  आरोप लागेको छ ।






You might also like
Loading...