विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ
चितवन : सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। उनिहरुमध्येे सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।