घुस लिने कार्य बन्द गर्न माग गर्दै मालपोत कार्यालय कावासोती घेराउ (भिडियो सहित)


शोभा जिसी
कावासोती, २५ भदौ । मालपोत कार्यालयमा लिइने घुस लिन बन्द गर्न माग गर्दै बुधबार मालपोत कार्यालय कावासोतीमा धर्ना दिइएको छ ।
राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरको आयोजनामा कावासोतीमा र्याली सहित मालपोत कार्यालय घेराउ गरेका हुन् ।
उनीहरुले मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालयमा सेवाग्राहीहरुको काममा ढिला सुस्ती गरिदिने, विभिन्न बाहानामा घुस लिने गरेको भन्दै यस्तो काम बन्द गर्न माग गर्दै धर्ना दिएका हुन् ।
उनीहरुले मापलोत कार्यालय कावासोती अगाडि झण्डै एक घण्टा नाराबाजी गरेका थिए ।
त्यसैगरी मालपोत कार्यालय कावासोतीमा जिल्ला भुमि अधिकार मञ्च नवलपुर मनरुपा कुमालको नेतृत्वमा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा नागरिकहरु मतदाता मात्र नभएर करदाता भएकाले मालपोतबाट उपलब्ध सेवा सुविधा कित्ताकाट, अंशवण्डा, नामसारी, जग्गा रजिष्ट्रेशन कार्य छिटो छरितो गर्न, घुस लिने कार्य बन्द गर्न, नवलपुर जिल्लामा भर्यरहेको चोरी दर्ता कार्य बन्द गर्न, विगतमा भएका चोरी दर्ता निवेदनका आधारमा बदर गर्न माग गरेको थिए ।



भिडियो

https://www.youtube.com/watch?v=IWacEdUT4dk

 



सम्बन्धित
Loading...