कपिलवस्तुमा सशस्त्र प्रहरी बलद्धारा डेढ लाख बराबरको अबैध औषधी नष्ट

204








राम अवतार चौधरी
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरबाट सशस्त्र प्रहरीबलका निरिक्षक संगीत भट्टको कमाण्डमा खटिएको मोबाइल टोलीले डेढ लाख बराबारको अबैध औषधी नष्ट गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउँदै गरेका व्यक्तिले खटिएको उक्त मोबाइल टोलीलाई देख्न साथ झोला फालेर भारत तर्फ भागेको प्रहरीले जनाएको छ ।
उक्त फालिएको झोला चेक जाँच गर्दा सेन्टिभिन ३ सय पत्ता र जेनसोलिन ३ सय पत्ता अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगरको प्रांगणमा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेन्ट सिराजु अन्सारी लगायतको उपस्थितीमा नष्ट गरिएको छ ।
उक्त अबैध औषधी करिब १ लाख ५० हजार बराबर मूल्यको हुन सक्ने कृष्णनगरका सशस्त्र प्रहरी बलका नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए ।



You might also like
Loading...