२ वटा झोलुंगे पुल एकैसाथ बनेपछि स्थानीय हर्षित


राम अवतार चौधरी




कपिलवस्तु। विगत लामो समय देखि पुल नहुँदा समस्यामा रहेको भितरिया बासी पुल बनेपछि आवत–जावत गर्न सहज हुनुका साथै हर्षित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ अन्र्तगत पूर्व–पश्चिम राजमार्गमा खरेन्द्रपुर चोक देखि करिब साढे ३ किलोमिटर उत्तरतर्फ घना जङगलमा पर्ने भितरिया गाउँ बाट बजार आवत–जावतमा समस्या हुँदै आएको थियो । भितरिया गाउँमा पुग्न दुई वटा खोला पर्दछ जुन जवई खोलामा पक्की पुलको सिल्यनास भएको छ र अर्को मैनार खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

 

मैनार खोलामा झलुङ्गेपुल बनेपछि सहज भएको स्थानियहरुको भनाई छ । बर्षातको समयमा आवत जावतमा समस्या भोगिरहेको गाउँबासीलाई पुल बनेपछि आवतजावत गर्न सहज भएको हो । पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । करिब ८० घरधुरी रहेको भितरिया गाउँमा पुल बनेपछि अहिले स्थानियहरु पुल बाटै आवत–जावत गर्ने गरेका छन् ।


साथै भितरिया गाउँसँगै जोडिएको कपिलवस्तुकै पर्यटकीय स्थल सोनवागढ पुग्न सुकबेल खोला तर्नु पर्दछ तर्सथ सो खोलामा पनि मैनार खोलाको पुलसँगै उक्त खोलामा पनि झोलुंगे निर्माण भएको छ । जुन ७३ मिटर लम्बाई र ५६ लाखको लागतमा निर्माण भएको बताइएको छ ।

नेपाल सरकारले तुइन हटाउने योजना देशैभर संचालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न स्थानमा झोलुङ्गेपुल निमार्ण भइरहेको छ । लिडो र सेवक नामक संस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्त समितिका अध्यक्ष कपिलदेव खनालले बताए । ५० मिटर लम्बाईमा निमार्ण भएको उक्त पुल बर्षातको समय भएकाले निमार्णमा केहि समस्या आएको खनाले जनाए । मैनार र सुकबेल खोलामा एकैसाथ बन्दै गरेको पुलमा प्राविधि त्रुटी भएकै कारण दुबै पुल गरि १ लाख ३ हजार रुपैया थप गरि साथै असार मसान्त भित्र बन्नुपर्ने पुल लगभग १ महिना जतिको म्याद थप गरि निर्माण कार्यमा ढिला भएको थियो । अहिले भने काम सम्पन्न भइसकेको छ मोटरसाईकल, साइकल र पैदाल यात्रुहरु पुलको माध्यमबाटै आवतजावत गरिरहेका छन् अध्यक्ष खनालले बताए ।

पुल नहँुदा विद्यार्थीलाई विद्यालय पुग्न र बिरामीहरुलाई स्वास्थ्य संस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिव एक महिना सम्म विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था रहेको स्थानिय भितरिया गाउँका अध्यक्ष राम बहादुर थारुले बताए । विद्यालय जान भनि विद्यार्थी खोला सम्म आउने तर खोलामा वाढी आउँदा फर्किने गरेका थिए अहिले पुल बनेपछी नियमित विद्यालय जाने गरेका छन् थारुले भने ।

यति मात्र होईन जागिर गर्ने तथा बजार जान पनि बर्खाको समयमा समस्या रहँदै आएको वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए । “पुल निमार्ण भएको छ अव गाउँवासीलाई सहज हुने अपेक्षा लिएको छु” सापकोटाले भने । भितरिया गाउँ पुरानो गाउँ भएपनि विकासमा पछाडि रहेकोले वडा ले भितरियालाई प्राथमिकतामा राखेको उनले जनाए । खरेन्द्रपुर देखि भितरिया सम्म जाने सडकमा पर्ने जवई नदीमा पक्की पुलको काम सुरु भएको उनले जनाए । १ करोड १३ लाखको लगानीमा उक्त पुल चैत्र सम्म निमार्ण कार्य सम्पन्न हुने सापकोटाले बताए ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सबै गाउँहरु सम्म जोड्न पुलको व्यवस्था हुने बताए । अव कसैले पनि नदि तथा खोलाको कारणले गन्तव्य सम्म पुग्न नसक्ने पिडा सहन नपर्ने उनले जनाए । शिवराज नगरपालिका पछाडि परेका गाउँहरुलाई अहिले प्राथमिकतामा राखेको नगर प्रमुख अधिकारीले बताए ।




सम्बन्धित
Loading...